गृहपृष्ठ खबर ४६८ जनामा कोरोना पुष्टि, मृतकको स‌ंख्या १०२, संक्रमित संख्या २६,०१९ पुग्याे

४६८ जनामा कोरोना पुष्टि, मृतकको स‌ंख्या १०२, संक्रमित संख्या २६,०१९ पुग्याे

प्रकाशित मिति:

काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार सय ६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर विभिन्न केन्द्रहरुमा गरिएको परीक्षणमा विगत २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार चार सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पाँच लाख पाँच हजार ६ सय ६० पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सम्बन्धित् समाचार