गृहपृष्ठ खबर कपिलवस्तु बाणगंगा ८ मधुवनकी एक महिलामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु बाणगंगा ८ मधुवनकी एक महिलामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवन स्थित सुकुम्बासी टोलमा बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन पहिले स्वास्थ्यमा समस्या भए पछि उपचारका निमित्त लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकी उनलाइ कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिनु भएको छ ।

‘ट्राभल हिस्ट्री’ नभएकी संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ गरि स्वाब संकलन गर्ने तयारी समेत गरिएको प्रमुख पौडेलले बताउनु भयो ।

समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवस्यक सावधानी अपनाउन बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुसालले वडा बासी समक्ष आग्रह समेत गर्नु भएको छ ।

सम्बन्धित् समाचार