गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाले समुदायस्तरमा आज सय बढिको पिसिआर लिदै

बाणगंगा नगरपालिकाले समुदायस्तरमा आज सय बढिको पिसिआर लिदै

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आज पनि समुदाय स्तरमा स्वाब सकंलन गर्ने भएको छ । दोस्रो चरणमा स्वाब सकंलन गर्न नगरपालिकाले तयारी पु्रा गरेको जनाएको छ ।

ब्यवसायी साथै बाणगंगा ८ मधुबनमा भेटीएकी सक्रमितको कन्ट्रयाक ट्रेसिङमा आएकोहरुको गरी कुल १ सय बढिको स्वाब सकंलन गरिने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

नगरपालिकाले यस अघि पनि समुदायस्तरमा ११९ जनाको स्वाब सकंलन गरेको थियो । जसमा सबैको रिर्पोट नेगेटिभ आएको थियो । बाणगंगाको सिद्धार्थ क्याम्पसमा बिहान ८ बजेपछि स्वाब लिने उनले बताए ।

सम्बन्धित् समाचार