गृहपृष्ठ खबर खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

प्रकाशित मिति:

कालिकोट । खोलाले बगाएर पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका चार जनाको मृत्यु भएको छ । अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा शनिबार साँझ चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोला तर्ने क्रममा बगाएको बताइएको छ ।

सम्बन्धित् समाचार