बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।