गृहपृष्ठ खबर कपिलवस्तुमा थप एक हप्ता लकडाउन

कपिलवस्तुमा थप एक हप्ता लकडाउन

प्रकाशित मिति:

कपिलवस्तुमा थप एक हप्ता लकडाउन थपिएको छ । यसअघि साउन २७ देखि साउन ३२ गते रातीसम्म जारी गरिएको निधेषाज्ञा थप गरेर भदौ ७ गतेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्लामा कोरोना भाइरसका संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बढ्दो जोखिमलाई न्यूनिकरण गर्नका लागि लकडाउन जारी गरिएको हो । जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् ।जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने निजी सवारी साधन पनि ठप्पै छन् ।

यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने पाइने छैन् ।
अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ ।

सम्बन्धित् समाचार