गृहपृष्ठ खबर प्युठानमा थपिए २८ जना कोरोना संक्रमित

प्युठानमा थपिए २८ जना कोरोना संक्रमित

प्रकाशित मिति:

प्युठानमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका २८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

संक्रमितहरु सरुमारानी गाउँपालिकाका १७ र स्वर्गद्वारी नगरपालिकाका ११ जना रहेको स्वास्थ्यकार्यालयले जनाएको छ ।
संक्रमित १ देखी ६४ बर्ष उमेर समुहका रहेका छन। भने संक्रमित मध्ये ७ जना महिला र २१ जना पुरुष रहेको बताइएको छ । जिल्लाभर कुल संक्रमित ४०५ पुगेको छ भने सकृय संक्रमितको संख्या ६८ रहेको छ। यसअघि ३ सय ३७ जना निको भइ घर फर्किसकेका छन।

सम्बन्धित् समाचार