कपिलवस्तुमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तको विजयनगर गाउँपालिका–५, नौरंगियामा ५५ क्युफ्टि काठ शनिबार राती नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । प्रहरीका अनुसार साल, सहगुन र सिसौ प्रजातिका गरि ५५ क्युफ्टि काठ रहेको जनाउँदै प्रहरी, शस्त्र र स्थानियको सक्रियतामा सो काठ नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।
अवैधानिक तवरले रातको समयमा साईकलमा काठ लिएर नेपालतर्फ आउँदै गरेका बेला नौरंगिया घाटमा बसेका गस्ती प्रहरीलाई देखेपछि तस्करहरु काठ छोडेर भागेको प्रहरीको भनाई छ । उक्त नियन्त्रणमा लिएको काठ आइतबार सव डिभिजन वन कार्यालय ठकुरापुरलाई बुझाईएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।