गृहपृष्ठ खबर कपिलवस्तुकी नर्सलाई फेरी कोरोना संक्रमण देखियो

कपिलवस्तुकी नर्सलाई फेरी कोरोना संक्रमण देखियो

प्रकाशित मिति:

वैशाख ३० मा कोरोना संक्रमण देखिएको कपिलवस्तुकी नर्सलाई पुनस् कोरोना संक्रमण देखिएको छ । केही दिनअघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत उनीसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

‘केही दिन अगाडि ज्वरो आएको थियो । जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वार्टरमा आइसोलेट भएकी छु’ ती नर्सले भनिन् । अहिले कपिलवस्तु अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द छन् । ती नर्समा पहिलो पटक संक्रमण हुँदा र अहिले पनि लक्षण देखिएको छैन ।

कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा साउन २७ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

सम्बन्धित् समाचार