गृहपृष्ठ खबर नेपालमा एकैदिन १०१६ जनामा कोरोना पोजेटिभ

नेपालमा एकैदिन १०१६ जनामा कोरोना पोजेटिभ

प्रकाशित मिति:

काठमाडौँ — नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ थियो ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४९५ थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

सम्बन्धित् समाचार