गृहपृष्ठ खबर बाणगंगाको बैरीया क्षेत्र भदौ ७ गतेसम्म सिल गर्ने बजार समितिको निर्णय

बाणगंगाको बैरीया क्षेत्र भदौ ७ गतेसम्म सिल गर्ने बजार समितिको निर्णय

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीया क्षेत्र पुर्ण रुपमा भदौ   ७   गतेसम्म सिल गर्ने निर्णय भएको छ । कोरोनाको उच्च जोखिममा रहेको बजार क्षेत्रलाई भदौ ७ गतेसम्म पुर्ण रुपमा शिल गर्ने बैरीया बजार समितिले निर्णय गरेको हो ।

बैरीया क्षेत्रका दुई सफल ब्यवसायी कोरोनाबाट संक्रमित  भएको र ब्यवसायीहरुले तोकीएको समय भन्दा अन्य समयमा पनि पसल खोलेर बिक्रि बितरण गरेको पाइएकाले यस्तो निर्णय गरेको बैरीया बजार बिकास समितिका अध्यक्ष कविराज गौतमले बताए ।

निर्णय पालना नगर्नेलाई समितिको नियमानुसार कारबाही गर्ने उनले बताए ।

सम्बन्धित् समाचार