गृहपृष्ठ खबर कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतक १२० पुगे,

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतक १२० पुगे,

प्रकाशित मिति:

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । दुई जना पुरुष र चार जना महिला गरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।

काठमाडौं र बर्दियाका एक/एक जना पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक/एक जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन हेर्नुस् भिडियोमा –

सम्बन्धित् समाचार