कपिलवस्तु उद्योग वाणिज्य संघका एक पदाधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल बुटवलमा शुक्रवार गरिएको परिक्षणमा उनलाई संक्रमण भएको हो । रिपोर्ट पोजेटिभ देखिए पछि उनि होम क्वारेन्टाईनमा वसेका छन् ।
सामान्य ज्वरो आएपछि उनले प्रादेशिक अस्पताल बुटवलमा परिक्षण गराएका थिए । संक्रमित पदाधिकारी उद्योग वाणिज्य संघले गरेको सचेतना अभियानमा प्राय सक्रिय साथ लागि परेका थिए । उनि कपिलवस्तुका एक अब्बल व्यवसायी पनि हुन् ।