गृहपृष्ठ खबर रुपन्देहीमा थपिए १८ जना कोरोना संक्रमित

रुपन्देहीमा थपिए १८ जना कोरोना संक्रमित

प्रकाशित मिति:

शुक्रबार साँझ ७ बजेसम्ममा रुपन्देहीमा १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार १८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

संक्रमण भएकामध्ये १३ जना बुटवल उपमहानगरपालिका, ३ जना सिद्धार्थनगर नगरपालिका, १ जना सम्मरीमाई गाउँपालिका र १ जना गैडहवा गाउँपालिकाका रहेका छन्।

सिद्धार्थनगरका संक्रमितमध्ये १ जना वडा नम्बर ३ का आयल निगमका चालक हुन् भने २ जना वडा नंं १ का स्वास्थ्यकर्मी परिवारका सदस्य हुन्।

सम्बन्धित् समाचार