काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।
उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए।