सन्धिखर्क । अर्घाखाँची जिल्लामा २ स्वास्थ्यकर्मीसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा देखिएका नयाँ संक्रमितहरुमा सन्धिखर्क नगरपालिकाका ६ जना, भूमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
संक्रमित मध्ये दुई जना क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी रहेको बताइएको छ ।
स्वास्थकर्मीसहित आइतबार कोरोना पुष्टि भएका केही क्वारेन्टाइनमा बसेका र केही क्वारेन्टाइन बाहिर रहेका भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।