पश्चिम दाङको बाँकामा मोटरसाइकलले ठक्कर दिँदा ८ बर्षकी बालिका गम्भीर घाइते भएकी छन् ।
तुलसीपरबाट श्रीगाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाइकलले दंगीशरण गाउँपालिका–७ बाँकामा ठक्कर दिँदा सोही ठाउँ निबासी बुद्धिराम कुमालकी ८ बर्षकी छोरी सरिता कुमाल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपाले जानकारी दिएका छन् ।
गम्भीर घाइते बालिकाको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।