कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको वडा नः १० पटनाको दानापुरमा कृषकको धान काटेको बिषयमा भएको बिवाद मिलेको छ । पिडित तथा सरोकारवालाबिच भएको छलफल पछि पुरानो जग्गामा जोत भोग गर्ने र अतिक्रमण नगर्ने भन्ने बिषयमा सहमति भएको हो ।
काटेको धानकोस्थानिय एक युवा समाजसेविले (नाम नखुलाउन भनेपछि) क्षत्रीपुर्ति दिन्छु भनेपछि बिवाद मिलेकाे स्थानिय बरिष्ठ युवा समाजसेवि राम नक्षत्र थारुले बताए ।
केही समयमा अगाडी जनमबेर्थी सामुदायिक बनको नेतृत्वमा अतिक्रमण गरि लगाएको धान भन्दै काटेको थियो । त्यसपछि सुरु भएको बिवाद क्षतिपुर्ति पाएपछि अबका दिनमा अतिक्रमण नगर्ने सहमतिमा बिवाद मिलेको हो । यस बिषयलाई वैखरी अनलाइन मिडियाले पहिलो पटक मिडियामा ल्याएपछि चर्चाको बिषय बनेको थियो ।
भएको सहमति यस किसिमको छ । तर क्षतिपुर्तिको बिषयलाई उल्लेख गरिएको छैन ।