कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा समुदायमा कोरोना पुगेको छ । बाणगंगा नगरपालिकामा कुल १३ जना समुदायका ब्यतिmमा सक्रमण देखिएको छ । जसमा वडा नः ९ का १ जना पुजारी रहेका छन ।
वडा नः ८ मा ४ जना समुदायकै कोरोना सक्रमित रहेका छन । जसमा ब्यवसायी, उद्योगमा काम गर्ने मजदुर, एक जना किसान र एक महिला रहेका छन ।
वडा नः ५ मा १ जना शिक्षाकर्मी रहेका छन भने वडा नः २ मा भारतबाट आएका १ जना रहेका छन ।
वडा नः १ मा ५ जना रहेका छन । जसमा तिन जना ब्यवसायी र दुई जना उद्योगमा काम गर्नेलाई कोरोना सक्रमण भएको छ ।
समुदायमा कोरोना देखिएपछि सबैलाई सचेत रहन बाणगंगा नगरपालिकाले आग्रह गरेको छन । नगरपालिकाले आज मात्र १२७ जनाको स्वाब सकंलन गरेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।