गृहपृष्ठ खबर दाङमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

दाङमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

प्रकाशित मिति:

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर- ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एकजना र शान्तिनगर–५ का एकमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर ‘क्वारेन्टिन’मा बसेका उहाँले बताउनुभयो । संक्रमित ११ जनालाई बेलझुन्डीको कोरोना विशेष अस्पताल लगिएको छ ।

क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटिएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन् ।

सम्बन्धित् समाचार