गृहपृष्ठ खबर सैनामैनामा समुदाय स्तरमा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएन

सैनामैनामा समुदाय स्तरमा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएन

प्रकाशित मिति:

रुपन्देहीको सैनामैना नगरपालिकामा समुदाय स्तरमा गरिएको कोरोना परिक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । नगरमा २८७ जनाको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’आएको सैनामैना नगरपालिकाले जनाएको छ ।

नगरमा र्याण्डम स्याम्पलिङ विधि अपनाइ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी, तरकारी पसल,दुग्ध पद्धार्थ, पेट्रोल पम्प, बैँक तथा वित्तिय संस्थाका कर्मचारी,एम्बुलेन्स चालक, अटो चालक, समाजसेवी,जनप्रतिनिधी,सर्वसाधारण लगायतको स्वाब संकलन गरि परिक्षण गरिएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै नगरको वडा नं १० फुलबारी क्षेत्रमा लगाइएको शिल आज खोलिएको छ । वडाको फुलबारी टोल विकास संस्थामा भदौ ३ गते एक पुरुषमा कोरोना संक्रमण देखिए सँगै ति पुरुष समुदाय स्तरमा घुलमिल भएकाले संक्रमण फैलिन सक्ने आशंकामा सो क्षेत्र शिल गरिएको थियो ।

संक्रमितको सिधै सम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षण गरेर संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएसँगै एक हप्ता पछि फुलबारी क्षेत्रको शिल खोलिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

उहाँले आसपासका जिल्ला र पालिकाहरुमा संक्रमण दर बढ्दै गएको बताउँदै नगरको पनि चारै तर्फ सम्पर्क हुने भएकाले सबै जना सचेत र सजक हुन जरुरी रहेको बताउनुभयो । भदौ १४ गते सम्म फेरी लकडाउन थपिएकाले सबै सर्वसाधरणले स्वास्थ्य सम्बन्धि मापदण्ड र लकडाउनका निति नियम पालना गर्न समेत नगरप्रमुख कार्कीको आग्रह छ ।

सम्बन्धित् समाचार