गृहपृष्ठ खबर पाटन अस्पतालमा उपचाररत दुई काेरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई काेरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं निवासी ७४ वर्षीय र धनुषा निवासी ७६ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनीहरू दुबैको सोमबार मृत्यु भएको हो। दुबै जनाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

सोमबार नै धरानस्थिति विपी प्रतिष्ठानमा उपचाररत २२ वर्षीय कोरोना संक्रमित युवकको पनि मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित् समाचार