गृहपृष्ठ खबर विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङलाई नै बनाउन नागरिक दवाव

विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङलाई नै बनाउन नागरिक दवाव

प्रकाशित मिति:

काठमाडौं :सरकारले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन नागरिकस्तरमा व्यापक दवाब परेको छ। आफ्नो चार बर्षे कार्यकाल सकाउने अन्तिम तयारीमा रहेका घिसिङलाई नै अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाउन दवाव परेको हो।

घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको छ। नागरिकस्तरबाट उनलाई पुन नियुक्तीको दवाव परिरहेको छ ।

घिसिङकै नेतृत्वमा नेपाल विद्युत प्राधिकरण ११ अर्ब नाफामा आएको छ । ३५ औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार, प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ संचित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको संचित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रहेको संचित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।

सम्बन्धित् समाचार