गृहपृष्ठ खबर रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना संक्रमित थपिए

रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

मंगलबार रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन्। आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत आइतबार ५६ जना संक्रमित थपिएपनि आजको तथ्यांकले त्यसलाई पनि उछिनेको छ।

मंगलबार साझ ५ बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार कञ्चन गाउपालिका २३, बुटवल उपमहानगरपालिका १८ जना, सिद्धार्थनगरमा ९, शुद्धोधनमा २, मायादेवीमा ७, देवदहमा २, ओमसतियामा १, सम्मरीमाईमा ३ र सियारीमा ४ जनामा संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २६ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ७ सय ३६ पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ। जिल्लामा ३४६ जना निको भएर फर्किसकेका छन, ३८४ जना उपचाररत छन्। जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमाहनगरपालिका क्षेत्रका सबै भन्दा बढी १८२ जनामा संक्रमण भएको छ।

त्यस्तै सिद्धार्थनगरमा ९८, तिलोत्तमा नगरपालिकामा ७४, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, कञ्चनमा ५०, सैनामैनामा ४४, सम्मरीमाईमा ३२, देवदहमा ३०, मायादेवीमा ३०, गैडहवामा २७, कोटहीमाईमा २७, सियारीमा २२, शुद्धोधनमा १८, रोहिणीमा १५, मर्चवारीमा १५, ओमसतियामा १० र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।

सम्बन्धित् समाचार