गृहपृष्ठ खबर बुटवलका ४ स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

बुटवलका ४ स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

प्रकाशित मिति:

बुधबार बुटवलका ४ जना स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलका एकजना चिकित्सकमा संक्रमण देखिएपनि उनी कार्यरत संस्थाको विवरण खुलेको छैन ।

यस्तै बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार २ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो।

उनीहरुमा कोरोना भाइरसका कारण देखिने लक्षण देखिएका छन्। योसँगै लुम्बिनी प्रादेशिक अस्पतालका संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मी र कर्मचारी गरी १४ जना पुगेका छन्। जसमध्ये ११ जना स्वास्थ्यकर्मी हुन्।

सम्बन्धित् समाचार