गृहपृष्ठ खबर पश्चिम नवलपरासीमा निषेधाज्ञा भदौ १५ सम्म थपियो

पश्चिम नवलपरासीमा निषेधाज्ञा भदौ १५ सम्म थपियो

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा जारी निषेधाज्ञालाई पाँच दिन बढाएर भदौ १५ गते सम्म पुर्याईएको छ । साउन ३१ गते मध्यरात देखि लागू भएको निषेधाज्ञाको समय थप योसँगै तेस्रो पटक थप गरिएको छ ।

जिल्ला सुरक्षा समिति, राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख, उद्योग वाणिज्य संघ लगायत बुधबार अपरान्ह परासीमा बसेका सर्वपक्षिय बैठकले समुदायमा कोरोना संक्रमणको अवस्था फैलँदो रहेकाले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिडडुल गर्न पाईने छैन । मानिसको उपस्थिीतीमा गरिने कार्यालयका सेवा पनि बन्द गरिएको छ ।

सम्बन्धित् समाचार