गृहपृष्ठ खबर तरुण दल र नेबिसघं कपिलवस्तु बिपन्न परिवारको साथमा

तरुण दल र नेबिसघं कपिलवस्तु बिपन्न परिवारको साथमा

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.४मा रहेको विपन्न परिवारलाई सौचालय हस्तान्तरण गरिएको छ ।

सालको पात टिपेर जिवन गुजेरा चलाउन पनि धौधौ भएको रुक बहादुर रेश्मी मगरको परिवारलाई तरुण दल र ने.बि.संघ कपिलवस्तुले सहयोग जुटाएर सौचालय निमार्ण गरेर हस्तान्तण गरेका छन । रेश्मीको परिवारमा ३ जना छोरी हरु छन तिनै जनाको बिवाह भइसकेको छ । घरमा अहिले आफुहरु बुढा बुढिमात्रै छन ।

एक छाक खानको लागि बिहान नहुदै सालको पात टिप्न जंगल पुग्नै पर्ने हुन्छ दुःख बिसाउदै रुक बहादुरले भने साहरा कोहि छैन । यधपि तरुण दल र ने.बि.संघका युवाहरुको सहयोगले रुक बहादुरलाई एक दर्जन छोराहरु भएको जस्तो साहरा मिलेको उनि बताउछन । सौचालय निमार्ण लगाएत अन्य सबै कुरामा सहयोग गर्ने सबैलाई उनले खुसिका साथ आर्शिबाद दिए ।

सौचालय निमार्णमा चन्द्रकान्त पोख्रेल, सिद्धार्थ ब्रीक उद्योग, बुद्धभुमी हार्डवेयर, जीतपुर हार्डवेयर, चौधरी हार्डवेयर, राजन भट्टराई, हरि पौडेल, कृष्ण पराजुली, अमर पुन, बिक्रम कुंवर, शोभाखर पौडेल, सरस्वती बेल्बासे, अनन्त पाठक लगाएतले जिन्सी सहयोग गरेका हुन ।

शुक्रबार गरिएको सौचालय हस्तान्तण कार्यक्रममा नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही, वडा न.४का वडा अध्यक्ष गणेश क्षेत्री, नेपाली कांग्रेस कपिलवस्तुका नेता बिष्णु न्यौपाने, महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्टराई, तरुण दल जिल्ला सदस्य राजन आले कृष्ण पराजुली, तरुण दल क्षेत्रीय सभापति तिलक थापा, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुण दल क्षेत्रीय सहसचिव सुशील सिंह ठकुरी, सदस्यहरु किरन मल्ल, सुरज भण्डारी, सास्कृतिक संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, नेविसंघ सिद्धार्थ क्याम्पस इकाई सभापति दिनेश क्षेत्री, नेपाली कांग्रेस टोल समितिका सभापति हरि पौडेल, शोभाखर पौडेल तरुण दल टोल समितिका अध्यक्ष अमर पुन, उपाध्यक्ष बिक्रम कुंवर क्षेत्री, नेपाली कांग्रेस गजेहडाका नेता बिष्णु पौडेल लगाएतको उपस्थीतिमा पिडित रेश्मी लाई सौचालय हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित् समाचार