मोटरसाइकल दुर्घटनामा परेर अचेत अवस्थामा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकका २८ वर्षिय राजु बस्नेतको उपचारका क्रममा निधन भएको छ ।
टाउकोमा गम्भीर चोट लागेका बस्नेत विगत एक महिना दिन देखि अचेत अवस्थामा रहेका थिए । उनको भैरहवा मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । बस्नेतको रुपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा दुर्घटना भएको थियो ।