रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको वडा नं. ५ बुद्धनगरमा आज बिहान करिब ५ बजे मर्निङ वाक हिड्ने क्रममा ट्रकले ठक्कर दिँदा वडा नं.६ कलौनी निवासी १६ वर्षीय विनोद विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ५७०२ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदाँ गम्भिर घाइते भएका बिकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।