शुक्रबार रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन्। जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षण अनुसार दिउँसो ४ बजेसम्म रुपन्देहीका ६ पालिकाका ५२ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी सिद्धार्थनगरमा १८ जना, बुटवल उपमहानगरपालिकामा १७ जना, तिलोत्तमामा ५, मायादेवीमा २, शुद्धोधनमा २ र ओमसतियामा ८ जनामा संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २३ महिला र २९ पुरुषमा संक्रमण देखिएको छ ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय ६५ पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ ।
जिल्लामा ३६० जना निको भएर फर्किसकेका छन, ४९७ जना सक्रिय संक्रमित उपचाररत छन ।