गृहपृष्ठ खबर पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति:

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको तानसेन ८ मदनपोखरा पिपलडाँडाकी वर्ष ३० की दान कुमारी गाहाको मृत्यु भएको हो। ८ दिन अघि उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगेकी गाहालाई कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यही भदौं ५ गते तीजको दिन स्वास्थ्यमा समस्या भएपछि उनी उपचारको लागि मेडिकल कलेज प्रभास पुगेकी थिइन्।
बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि भदौ ६ गते स्वाब संकलन गरि पठाईएको थियो।

उनको भदौं ७ गते कोरोना परिक्षण रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए। संक्रमित गाहाको लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा विगत ६ दिन देखि उपचार भइरहेको थियो ।

संक्रमित शुक्रबार बिहानदेखि बढी अत्तिएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको र बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए।

मृत्यु हुने संक्रमितको १८ महिने एक छोरा र ६ वर्षकी एउटा छोरी छन्। संक्रमित महिलामा ६ वर्ष अघिदेखि मुटु रोगको समस्या रहेको थियो। उनले विगत ६ महिना अघि देखि मुटुको औषधी सेवन नगरेको पाइएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले बताए।

संक्रमित महिलाको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भईरहेको छ। संक्रमित महिलाको शव शनिबार बिहान मात्र व्यवस्थापन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिए।

सम्बन्धित् समाचार