उमेश बि.क / नवलपरासी , भदौ ,
समुदायमा कोरोना संक्रमण बढिरहेका बेला यूवा सचेतना संस्था रामग्राम २ ले नवलपरासीको साताै स्थानीय तहहरुकाे चाेकहरुमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाएका छन।
यूवा सचेतना संस्थाले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष ईमामुल अलीले बताए।
अलीलेले निषेधाज्ञा भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए।
नवलपरासीको साताैँ स्थानीय तहकाे सुनवल,बन्कट्टी,भुमही,बासाबसही,चिसापानी,बर्दघाट,वाढीपिडित,गोपीगंज,भटवलीया,सरावल लगाएतकाे स्थानमा मानिसको भिडभाड हुने चाेक चाैरहाहरुमा अाज दाेस्राे दिन ५० ठाउँ छनोट गरेर मास्क खै ? भन्ने ब्यानर टाँसिएको संस्थाका सचिव सम्साद जाेल्हाले बताए।
यूवा सचेतना संस्थाले केही दिनअगाडि ५० जना चालकलाई खादा अाेढाई सम्मान तथा ३०० निशुल्क मास्म बितरण गरेको थियाे भने बुधबार परासीमा १०० अाेटा ब्यानर झुन्ड्याएका थिए ।
‘तपाईंको मास्क खै ?’ अभियान संस्था अध्यक्ष ईमामुल अलीकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवनरायन लाेनिया ,सचिव सम्सद जाेल्हा ,सदस्य साेनु माेर्य ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद पाण्डेय लगाएतकाे सहभागीता रहेको थियाे ।