गृहपृष्ठ खबर पाल्पामा थप एक हप्ता निषेधाज्ञा

पाल्पामा थप एक हप्ता निषेधाज्ञा

प्रकाशित मिति:

पाल्पामा एक हप्ताका लागि निषेधाज्ञाको अवधि थपिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आउँदो १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो ।

यो निषेधाज्ञा अवधिमा औषधि पसल, खाद्यान्नलगायतका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि ती पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुँदै आएका थिए ।

यस निषेधाज्ञामा तानसेनका फेन्सी पसलसमेत सजकता अपनाएर सञ्चालन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा समेत रोक लगाइएको छ ।

सम्बन्धित् समाचार