प्युठान जिल्ला अदालतले श्रीमती हत्या अभियोगमा श्रीमानसहित तीन जनालाई पुर्पक्षको लागी कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाँउपालिका वडा नं. ७ का २४ वर्षिय हरी विश्वकर्माले घरायसी विवादमा आफ्नै श्रीमती मायाँ सुनार (विश्वकर्मा) को हत्या गरेका हुन ।
साउन १४ गते घरायसी विवाद हुँदा विश्वकर्माले श्रीमतिको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उक्त घटनामा विश्वकर्माका ५९ वर्षिय बुवा पुट्के कामी र छिमेकी १९ वर्षिय महेन्द्र सार्कीको समेतको संलग्नता देखिएको प्रहरीले जनाएको छ । तिनै जनालाई प्रतिवादी वनाई जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोग पत्र प्युठान जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले मुख्य अभियुक्त विश्वकर्मालाई पुर्पक्षको लागी कारागार चलान गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।
घटनामा संलग्न पुट्के कामीलाई एक लाख पचास हजार र पवन भन्ने महेन्द्र सार्कीलाई एक लाख धरौटी माग भएकोमा माग बमोजिम धरौटी बुझाउन नसकेपछि उनिहरुलाई समेत पुर्पक्षको लागी कारागार चलान गरीएको छ ।