गृहपृष्ठ खबर कपिलवस्तुका ५ पालिकामा १६ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुका ५ पालिकामा १६ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

कपिलवस्तुमा आइतबार  १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसरी थपिनेमा कपिलवस्तु नगरपालिकाका ७ जना रहेका छन् यसरी संक्रमित हुनेमा गैरसरकारि  संस्थामा कार्यरत कर्मचारी , सूठौली भन्सारका कर्मचारी,मन्दिरका पुजारी, व्यवसायी , गृहणी तथा विद्यार्थी रहेका छन् ।

त्यस्तै शिवराज नगरपालिकामा ३ जना थपिएका छन् उनीहरु तीनै जना भारत वाट आएका र क्वारेन्टाइनमा बसेका हुन  ,त्यस्तै वाणगगा नगरपालिकामा २ जना संक्रमित थपिएका छन् ।

 बुद्धभुमी नगरपालिकामा २ जना थपिएका छन् त्यस्तै शुद्धोधन र विजयनगर गाउंपालिकामा १,१ जना संक्रमित थपिएका छन् ।  १६ जना थपिएसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।

जिल्लामा समुदाय स्तरमा  दिनहुं संक्रमितको सख्यां थपिदै गएको छ । प्रशासनले १५ गते राती १२ सम्म निशेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित् समाचार