गृहपृष्ठ खबर प्लाज्मा थेरापी उपचारका लागि कपिलवस्तु अस्पतालका ३ डाक्टर सहित १६ जनाद्धारा रक्तदान

प्लाज्मा थेरापी उपचारका लागि कपिलवस्तु अस्पतालका ३ डाक्टर सहित १६ जनाद्धारा रक्तदान

प्रकाशित मिति:

कपिलवस्तु : कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार गर्नका लागि कोरोना जितेका कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु र रुपन्देहीको सहकार्यमा कपिलवस्तु अस्पतालमा रक्तदान गरेका हुन । कोरोना जितेका कपिलवस्तु अस्पतालमा मेसु डाक्टर किशोर बन्जाडे सहीत ३ डाक्टर, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी सहीत अस्पतालका १४जनाले प्लाज्माकालागि रक्तदान गरेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । २ जना अस्पताल बाहिरका कारोना जितेका ब्यत्तिले समेत रक्तदान गरेका थिए ।

२ पटक सक्तमित भई निको भएकी स्टाफ नर्स र उनका भाईले समेत रक्तदान गरेका थिए । कोरोना भाईरस संक्रमितले संक्रमणालई जित्नकालागि शरीरमा एन्टीबोडी निर्माण भएको हुन्छ । त्यही शरीरमा उत्पादन भएको एन्टीबोडी रगतमा भएको प्लाजमालाई शिकिस्त बनेका कोरोना संक्रमितलाई थेरापीको माध्यमबाट दिईने डाक्टर क्षेत्रीले बताए । कोरोना जितेका पुर्व संक्रमितहरुको शरीरमा एन्डीबोडी निर्माण भएको हुन्छ । रगतमा रहेको प्लाज्मा उपचारमा सहयागी हुने उनले बताए ।

अहिले प्लाज्मा थेरापी नेपालमा प्रभावकारी भएको उनले बताए । बुटवलको प्रादेशिक अस्पतालमा यो प्रबिधिबाट उपचार सूरु भइस्केको छ । यस अघि त्यहा पनि १४प्वान्ट रगत सकलन भएको थियो । प्लाज्मा थेरापीकालागि आफु सहीत आफना सहकर्मी र अस्पतालका कर्मचारीहरुले रक्तदान गर्न पाउदा निकै खुशी लागेका मेसु बन्जाडेले बताए ।

उदाहरणीय काम गरेकोमा रक्तदाता, सहकार्य संस्था तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा अस्पताल परिवारलाई उनले हार्दिक आभार प्रकट गरे ।

सम्बन्धित् समाचार