पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने शैली फेरिदैं गएको छ। जन्मदिनमा गरिने फजुल खर्च कटौती गरि बिपन्न, गरिब, दुखी र असाहाय परिवारलाई सहयोग गरि मनाउने प्रचलन ह्वात्तै बढेको छ।
मान्डवी गाउँपालिका ३ नयागाउँ प्युठानका एकराज अधिकारिको परिवारलाई पत्रकार पोख्रेलले आफ्नो जन्मदिनको अबसर पारी खाद्यान्न तथा स्टेसनरी सामाग्री सहयोग गरेका छन । नेपाली रेडियो नेटवर्कका प्युठान जिल्ला संबाददाता तथा रेडियो स्वर्गद्वारिका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेलले आफ्नो ३१ औ जन्मदिनको अवसरपारि विपन्न परिवारलाई सहयोग गरेका हुन । जन्मदिनको अवसरमा पोख्रेलले विपन्न परिवारमा केहि राहात मिलोस भनी ५० केजि चामल,२ केजि नुन , १ केजि तेल , र एक एक दर्जन कपि कलम दिएका हुन ।
माण्डवी गाउँपालिका नयाँगाउँका अति विपन्न अधिकारिको परिवारलाई जन्मदिनमा आफुले फजुल खर्च नगरि विपन्न परिवारमा छाक टरोस भनी सहयोग गरेको पोख्रेलले बताए ।“ म सधैं गरीव र विपन्न परीवारको साथमा छु, यो अवस्थामा थोरै भए पनी उहाँहरुलाई सहज हुने छ । ” पोख्रेलल भने ।
अधिकारी परिवारमा श्रीमान श्रीमती दुवै बोल्न सक्दैनन । उनीहरुका २ छोरा र एक छोरी छन । जेठो छोरा कक्षा आठमा कान्छो कक्षा छ मा र छोरी दुई कक्षामा पढ्छन । जन्मजात नै बोल्न नसक्ने भएकाले परिवारमा समस्या देखिएको छिमेकी यादव अधिकारिकारीले बताए । दैनिकि ज्याला मजदुरीगरी गरि परिवारको जिविकोपार्जन गर्ने गरेको उनको भनाइ छ । दम्पतीहरुका लगि आज भोलि कतै काम पनि भेटिएको छैन । बन्दाबन्दिका कारण गर्न सक्ने काम पनि नपाउदा छाक टार्नका लागि पनि समस्या देखिएको अधिकारिको भनाई छ । “बन्दाबन्दी हुदाँ बित्तिकै गाउँपालिकाले केही राहत त दिएको थियो तर त्यो १० दिनलाई पनि पुगेन आज भोलि छिमेकिहरुले केहि सहयोग गरिरहेका छौ” उनले भने । घरमा दुई महिनाका लागि पनि खाने खर्च पुग्दैन बाँकि ज्याला मजदुरि गरि खाने गरेका छन आज भलि उनीहरु निकै समस्यामा रहेको अधिकारिको भनाई छ ।
विपन्न अधिकारिको परिवार आफनै भाइ को घरमा बसिरहेका छन ।सामान्य कुरा लेखेर दिए पछी एकराज बुझ्छन र लेखेर उत्तर दिन्छन । अधिकारिको दम्पती दुवै बोल्न नसक्दा छोरा छोरीका लागि गाउँमा सारै समस्या भएको छ । उनका छोराले गाउँमा सामान्य कुरामा पनी लाटालाटिको छोरा भन्दा मन दुख्ने गरेको बताए । विद्यालयले निशुल्क भर्ना लिए पनी अनेक थरि शिर्षकमा रकम उठाउने गरेको स्थानियहरु बताउछन । स्थानीय यादव अधिकारीका भने हामै्र पहलमा विद्यालयमा एक जनालाई निशुल्क पठन पाठनको व्यवस्था गरेका छौँ, अब तिनै जनाका लागि हाम्रो पहल रहने छ ।
यस्ता विपन्न परिवारकालागि पालिकाले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । अनेक थरि शिर्षकमा गाउँपालिकाले रकम विनियोजन गरेको हुन्छ । विनियोजन रकम दुख पाएका नागरीकका लागि खर्च गर्न सके पनी स्थानियले सिहंदरवार गाउँमा आएको महसुस गर्न पाउनेछन यस्ता विषयमा पालिकाले चासो राखे विपन्न परिवारमा खुसीको राहत हुने स्थानियको बुझाइ छ ।
पत्रकार पोख्रेलले बिपन्न परिवार संग मनाए आफ्नो ३१ औं जन्मदिन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते
६ घण्टा अघि
क्यानको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
६ घण्टा अघि
माछा मार्ने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो
१६ घण्टा अघि