कपिलवस्तु : कपिलवस्तुको वाणगंगामा अटो रिक्सा दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ । बुधवार भएको उक्त दुर्घटनामा परी अन्य चारजना समेत घाईते भएका छन् । कपिलवस्तुको वाणगंगा १० गनहा पुलस्थित भित्रि सडकमा अटो रिक्सा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवानिवासी ४० वर्षीय दयाशंकर चमारको ज्यान गएको र चालक टम्केश्वर चमार सामान्य घाईते भएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । लु १ ह २६४५ नं. को अटो रिक्सा अनियन्त्रित हुदां दुर्घटना भएको हो ।
त्यसैगरी दुर्घटनामा गैडहवा ४ कै ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्बिनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाईते भएका छन् ।