भदाै,१८ प्युठान
प्युठानका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षिय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गएराती मृत्यु भएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाइ उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो । उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक पुरुषमा जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो । यससंगै प्युठानमा काेराेना संक्रमितका कारण मृत्युु हुनेकाे संख्या दुई पुगेकाे छ।