गृहपृष्ठ खबर रुपन्देहीमा फेरी एकैदिन थपिए ५० कोरोना संक्रमित, संक्रमितको संख्या ११३३ पुग्यो

रुपन्देहीमा फेरी एकैदिन थपिए ५० कोरोना संक्रमित, संक्रमितको संख्या ११३३ पुग्यो

प्रकाशित मिति:

बुटवल : रुपन्देहीमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २१ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ५० जना मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरका ३१ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा ४\४ जना नयाँ संक्रमित थपिएका छन् ।

देवदह नगरपालिका र गैडहवा गाँउपालिकाका २\२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाउपालिकाका १\१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रुपन्देहीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ११३३ पुगेको छ । जसमध्ये ६२६ जना सक्रिय संक्रमित छन् ।

 

सम्बन्धित् समाचार