रुपन्देही : रुपन्देहीमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ । कलौंनी–लुम्बिनी भित्री सडक खण्ड अन्तर्गत गैडहवा गाउँपालिका ५ तेलण्डियमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा शुद्धोधन गाउँपालिका ६ बस्ने ४० वर्षका समुज राम केबटको ज्यान गएको छ ।
गम्भिर घाईते भएका केबटको उपचारको क्रममा भीम अस्पाताल भैरहवामा मृत्यु भएको इलका प्रहरी कार्यालय सुर्यपुराले जानकारी दिएको छ । मोटरसाईकलको पछाडी बसेकी ३५ वर्षिया गुडिया केबटको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी निरीक्षक हरीहर खड्काले जानकारी दिएको छ