कपिलवस्तु : बिगत लामो सयम देखि जिल्लामा मलको हाहाकार नै छ । जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरु छटपटाई रहेका छन । सप्रीरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राबिधिकहरु बताउछन । सरकारले माग अनुसारको मलको आपुर्ति गर्र्न सकेको छैन । माग भएको अत्यन्तै न्युन मात्रामा जिल्लामा मल पठाईने गरिएको छ । सरकारी अनुदानमा आएको त्यो मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ ।
जिल्लामा तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामागी लिमिटेड र कृष्णनगर स्थित साल्ट्रेडिङक मार्फत कृषि सहकारीलाइ मल उपलब्ध गराउने गरिएको छ । कृषि सामाग्र लिमिटेड अनुसार जिल्लाभर साढे ३ सय बढी कृषि सहकारी छन । तिनीहरुलाई ३ स्थानबाट पालौपालो मल उपलब्ध गराउने गरिएको कम्पनी तौलिहवा शाखाका प्रमुख दिनेश शर्माले बताए । आफनो कार्यक्षेत्रमा बिक्री बितरणको डिररसिप लिएका कृषि सहकारीहरुले नै सहुलियतको मल दुरुपयोग गरेको भेटिएको हो ।
सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक अरुलाई मल बिक्री गर्न नपाउने नियम छ । तर जिल्लाका अधिकांश कृषि सहकारीले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको कृषकहरु बताउँछन् । तौलिहवाका कृषक राका यादवले कृषि सहकारीले कृषकहरुकालागि आएको मलको कालोबजारी गर्ने गरेको आरोप लगाए । ‘ सहकारीले हामीलाई मल दिदैन, तोकिए भन्दा बढी पैसा दिनेलाई बेच्ने गरेको छ ’ निराश हुदै उनले भने ‘ बर्षो देखि यस्तो कारोवार गर्दै आएका सहकारीलाई कसैले कारबाही गर्दैन ’ । सहकारीका अध्यक्षले नै मललाइृ मनपरीढंगले राख्ने गरेको यशोधरा गाउँपालिका अर्को कृषक बिनोद चौधरीले बताए । ‘ सकारीको अध्यक्षको कब्जामा मल हुन्छ, आफुलाइ चाहिए जति राख्ने अनि बचेको मन परको ब्यक्तिलाइ बढी रकम लिएर बच्ने गरेको छन ’ उनले भने ।
सहकारीलाइ दिईएको मल कले पायो, के गरियो लगायतका बिषयका कसैले सोधखोज नगरेकाले मलमा सहकारी कै अध्यक्षका रजाई हुदै आएको उनी बताउछन । जिल्लामा कृषककहरुकालागि आउने रासायनिक मलको दुरुपयोग हुने गरेको पाईएको छ । जिल्ला कृषि समितिले ९ बर्ष अघि देखि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो । त्यस अघि कृषि सामाग्री कम्पनी मार्फत डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो । आफनो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका ब्यापारी,बढी रकम दिने कृषक, प्लाई उड उद्योगलाई बेच्ने गरिएको कृषकहरु बताउछन् । सहुलियत मलको कारोवारकालागि डिलरसिपको अनुमिति लिएका आधा बढी सहकारीले मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ । कृषि सामाग्री तौलिहवाका प्रमुख दिनेश शेर्माले आफुहरुले सहकारीको सदस्यको नामावली, निर्णय लगायतका बिवरण सहीत आबेदन माग गरे पछि पालैपालो मल उपलब्ध गराउने गरिएको बताए ।
‘ हामीले पालै पालो सहकारीलाई मल दिएका छौ, त्यसको सहकारीले कसरी बाडफाड गरेको छ त्यस बारे जानकारी छैन । प्रमुख शर्मा अनुसार अहिले जिल्लामा ८ हजार टन युरिया मलको चाहिए पनि त्यस अनुसार आपुर्ति नभएको बताए । सहकारी मलको दुरुपयोग रोक्न प्रहरी प्रशासनले कडाई गर्नु पर्ने सहकारीकर्मी देवेन्द्र पाण्डेयले ‘ कृषककालागि आएको सहुलियतको मल दुरुपोग गर्ने माथी कारबाही गर्नु पर्छ ’ उनले भने । जिल्लानमा ७२ हजार हेक्टरमा धान गरिएको धान खेतीकालागि १५ हजार बढी मेट्रिक टन युरिया र ८ हजार बढी डीएपी मल आवश्यक पर्छ ।
सहकारीले बढी रकम लिएर डिलरलाई बेच्छन मल
अनुदानको मल सहकारीलाई कृषि सामाग्री र साल्टट्रडिङले पालै पालो गरेर मल दिने गर्छन । त्यो मल सहकारीले आफना सदस्यलाई उपलब्ध गराउनु पर्ने प्रावधान छ । तर जिल्लामा मल कै कारोवारकालागि अधिकांस कृषि सहकारी दर्ता भएका छन । सहकारीको अध्यक्ष कै मलमा समते हालीमुहाली हुने गरेको छ । आफुलाई चाहिने जति सहकारीका अध्यक्षले मल घरमा राखेर बाकी डिलर र त्रढी पैसा दिनेलाई बेच्ने गरेको सहकारीकै पदाधिकारी बताउछन । श्रोत अन्ुसार सहकारीका केही अध्यक्षले त मल कै कारोवारकालागि आफनो सबै कागजातह समेत केही पैसा लिएर अनुदानको मल कालोबजारी गर्नेलाई बचेका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका एक ब्यक्तिसंग ५ वटा सहकारीका कागजात छन । बर्षौ देखि उनले सहकारीको अनुदानको मलको कारोवार गर्दै आएका छन । उनले पालौपाले कृषि सामाग्रीबाट मल ल्रिन्छन र बढी पैसामा डिलरलाई बेच्ने गरेका छन । उनी मात्र हौईन जिल्लास्तीयर नेता, नाम चलेका ब्यक्तिहरुले समते बषौ देखि सहकारी मल दुरुपयोग गर्दै आएका छन । तर यसको नियन्त्रणमा भने कसैले चासो नलिएको कृषकहरु ग्ुनासो गर्छन । कृषकहरु मलकालागि दौडधुप गरिहेका बेला जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगंज लगातयका जिल्लाका अधिकांस डिलरहरुको पसलमा अहिले पनि अनुदानको मल बढी मुल्यमा किन्न पाईन्छ । डिलरहरुले पसल भित्र लुकाएर मल राख्ने गरेका छन ।