नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अगुवाई तथा अनेरास्ववियू कपिलवस्तुको समन्वयमा लकडाउनमा सक्रियताका साथ जिल्लामा स्वास्थ्य सामाग्री वितरण अभियान संचालन ल्याईएको छ ।
जिल्ला भित्र कोरोना संक्रमणका बिच फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुका लागी कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामाग्री मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका सामाग्री बितरण गरिएको हो ।
समंग्र जिल्लाका अस्थायी प्रहरी पोष्ट , प्रहरी चौकी, स्वास्थ्य चौकी, लगायत आवश्यक स्थानमा उत्त सामग्री बितरण गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवालीले बताए ।
सामाग्री राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको पहलमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथीद्धारा व्यवस्थापन गरिएको ज्ञवालीले बताएका छन् ।
आवश्यकता अनुसार जिल्ला भरीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी र संचारकर्मीहरुका लागी सुरक्षात्मक सामाग्री बितरण गर्ने लक्ष्य अनुसार सामग्री सहयोग गरिएको अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरेले बताएका छन् ।
कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवाली, अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्याल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला संयोजक बिजय कुँवर, युवा नेता श्याम सुबेदी, कमल क्षेत्री, प्रदिप पौडेल लगायतको उपस्थितिमा स्वास्थ्य तथा सुरक्षा निकायका कार्यालय प्रमुखहरुलाइ सामाग्री हस्तान्त्रण गरिएको अनेरास्वबियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले बताएका छन् ।