गृहपृष्ठ खबर सुरु भयो कपिलवस्तुको चार नम्बरमा खाद्य संकलन तथा वितरण( फुड बैंक )

सुरु भयो कपिलवस्तुको चार नम्बरमा खाद्य संकलन तथा वितरण( फुड बैंक )

प्रकाशित मिति:

कपिलवस्तु , भदौ २२

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भए संगै दैनिक ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने गरिव विपन्न परिवारलाई बिहान साझँ चुलो बाल्न समेत धौ धौ भएको छ। बिषम परिस्थितिमा मजदुरी गरि जीविकोपार्जन गरेका परिवारलाई मध्यनजर गर्दै खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैक) कपिलवस्तुका युवाले सञ्चालन गरेका छन्। सोमवार बिहानैदेखि जिल्लाको चार नम्बर चोकमा सो अभियानको सुरुवात भएको छ। जिल्ला सक्रिय युवाको पहलमा सो अभियान सुरु भएको हो। ४ नं बाट सुरु हुने उक्त अभियान आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानमा स्थानान्तरण हुने अभियानता सुनिता बेल्वासेले जानकारी दिनुभयो।

“हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन भएको अभियानमा सबैले सक्दो सहयोग गर्नुहुन अभियानता पाण्डव भण्डारीले अनुरोध गर्नु भएको छ। विभिन्न संस्थामा आवद्द युवाले सयुक्त रुपमा सञ्चालन गर्ने अभियानमा मधुसुधन भुषाल,प्रविन गौतम, सरोज घिमिरे, कोपिला गिरी,विशाल अधिकारी लगायत युवाहरु मिलेर यो अभियान सफल पार्ने कुरा अभियानता सरोज घिमिरेले जानकारी दिनुभयो। अभियानको पहिलो दिन करिब ६० परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

सम्बन्धित् समाचार