गृहपृष्ठ खबर अर्घाखाँचीको थुनामा रहेका एकजना कैदीबन्दीको मृत्यु

अर्घाखाँचीको थुनामा रहेका एकजना कैदीबन्दीको मृत्यु

प्रकाशित मिति:

सन्धिखर्क : जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एकजना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

सम्बन्धित् समाचार