गुल्मी : गुल्मीमा पहिचान नखुलेका एक व्यक्तिको कुटाइबाट ज्यान गएको छ । कुटपिटबाट ईस्मा गाउँपालिका २ हस्तीचौरका २३ वर्षीय मोतीबहादुर कुवँरको ज्यान गएको प्रहरीले जनाएको छ । हस्तीचौरको छिन्नाखेलामा होटल सञ्चालन गर्दै आएका कुवँर सोमबार बिहान होटलमै घाइते अवस्थामा भेटिएका थिए ।
घाइते अवस्था भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।