गृहपृष्ठ खबर निजामती सेवा दिवसको अवसरमा बुद्धभूमिका कर्मचारीले गरे उदाहरणीय काम

निजामती सेवा दिवसको अवसरमा बुद्धभूमिका कर्मचारीले गरे उदाहरणीय काम

प्रकाशित मिति:

 

 

स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुसासन भन्ने मुल नारा सहित १७ औं निजामति सेवा दिवसको उपलक्ष्यमा बुद्धभूमि कर्मचारी मिलन केन्द्रले विशेष कार्यक्रम आयोजना गरेको छ ।

दिवसको उपलक्ष्यमा नगर प्रमुख ,नगर उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाको प्रवक्ता ,विभिन्न शाखाका प्रमुखहरु , स्वास्थ्य चौकी इर्न्चाजहरु, वडा सचिवहरु लगायत नगरपालिकामा कार्यरत कर्मचारीहरुले नगरपालिका परिसर सरसफाई गरेका छन । दिवसको अवसरमा बुद्धभूमि कर्मचारी मिलन केन्द्रको संयोजन र नगरपालिका तथा मिलन केन्द्रको संयुक्त आर्थिक सहयोगमा अस्पतालमा उपचाररत खेमराज शर्मालाई आर्थिक सहयोग वापत एक सबै कर्मचारीले एक दिनको तलव दिने भएका छन् ।

नगरको स्रोत व्यक्ति रहनुभएका शर्मा मोटरसाइकल दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत हुनुहुन्छ । लाखौं रकम खर्चेर उहाँको उपचार भैरहेको बेला नगरभित्रका ज्यालादारी कर्मचारीबाहेक एक दिनको तलव दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

सोहि कार्यक्रमको अवसरमा लैङ्गिक हिंसामा परेका महिलाहरुको आश्रय केन्द्र संचालक साथी संस्था, तौलिहवालाई बस्तुगत सहायता स्वरुप २ सेट ग्यास चुल्हो तथा २ वटा टेबल फ्यान हस्तान्तरण गरिएको थियो । सो सहायता बुद्धभूमि नगरपालिका तथा बुद्धभूमि कर्मचारी मिलन केन्द्रको तर्फवाट संयुक्त रुपमा नगर प्रमुख केशव कुमार श्रेष्ठ ,नगर उप प्रमुख मिरा थारु ,प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल र मिलन केन्द्रका संयोजक राम प्रसाद भट्टराईले हस्तान्तरण गर्नु भएको थियो ।

सो सहायता सामाग्री साथी संस्था तौलिहवाका प्रतिनिधि पुष्पा रेग्मी र सुष्मा शर्माले संयुक्त रुपमा ग्रहण गर्नुभएको थियो । कार्यक्रम मिलन केन्द्रका सचिव श्री विजय भुसालले संचालन गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत मिलन केन्द्रका संयोजक, आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष राम प्रसाद अधिकारी , मिलन केन्द्रका सदस्य, चन्द्रावती अधिकारी लगायतले निजामति सेवा दिवसको शुभकामना तथा समग्र बस्तुस्थितिको बारेमा मन्तव्य व्यक्त गर्नु हुदै समग्र राष्ट्रसेवक कर्मचारि तथा मिलन केन्द्रको सफलता तथा उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो

 

सम्बन्धित् समाचार