गृहपृष्ठ खबर प्यूठानमा दुई सातादेखि लागू निषेधाज्ञा शुक्रबारदेखि हट्ने

प्यूठानमा दुई सातादेखि लागू निषेधाज्ञा शुक्रबारदेखि हट्ने

प्रकाशित मिति:

प्यूठान : कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई सातादेखि प्यूठानमा लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा बिहीबार दिउँसो बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

कोभिड नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । सार्वजनिक यातायातलाई जोर बिजोर लागू गर्ने, जिल्लाभित्र भेला सम्मेलन गोष्ठी गर्न नपाइने र बाँकी नेपाल सरकारको नीति निर्देशन पूर्णरुपमा पालना गर्ने गरी निषेधाज्ञा हटाउने निर्णय भएको भुसालले बताए ।

 

सम्बन्धित् समाचार