गृहपृष्ठ खबर कपिलवस्तुमा एकैदिन ५ सुरक्षाकर्मी र एक वकिलसहित ४६ कोरोना संक्रमित थपिए

कपिलवस्तुमा एकैदिन ५ सुरक्षाकर्मी र एक वकिलसहित ४६ कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

कपिलवसतु : ५ सुरक्षाकर्मी र एक वकील सहीत कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १२ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुुले जनाएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापा अनुसार कपिलवस्तु नगरपालिकामा २३ जा, मायादेबी गाउपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा ६ जना र सुद्धोदन गाउपालिकामा २ जना रहेका छन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा १३, २ मा ३, ३ मा एक, ४ मा एक, ५ र ६ मा दुई दुई जना र ७ मा एक जना थपिएका हुन । थपिएका ५ जना सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुन । उता एक जना वकील सहीत १५ जना भने मायादेबीमा थपिएका छन । कपिलस्तु नगरपालिका र मायादेबी गाउपालिका बिद्यर्थाी शिक्षक, कृषक, राजनीतक दलका नेता, बैकका कर्मचारी ब्यापारी गहणी, लगायतका संक्रमित भएका हुन ।

बाणगंगा नगरपालिकामा थपिएका ६ जना भने भारतबाट काम गर्न आएका मजदुर हुन । सबै मजदुर वडा नम्बर ४ मा काम गर्ने र एक जना ९२ बर्षका पुरुष समेत रहेको फोकल पर्सन थापाले बताए । कोरोनाको अवस्थमा सुधार हुदै गएको बेला जिल्लामा एकै पटक ४६ जना थपिए पछि भने फेरी त्रास बढेको छ । जिल्लामा अहिले सकृय संक्रमितको संख्या १ सय ५६ रहेको छ ।

सम्बन्धित् समाचार