गृहपृष्ठ खबर जडिवुटीको महत्व बढ्दै गएपछि रुपन्देहीका स्थानीय जडिबुटी खेतीप्रति आकर्षित

जडिवुटीको महत्व बढ्दै गएपछि रुपन्देहीका स्थानीय जडिबुटी खेतीप्रति आकर्षित

प्रकाशित मिति:

रुपन्देही : जडिवुटीको महत्व दिनप्रतिदिन बढ्दै गएपछि रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ ।

जडिबुटिले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो ।

पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर पारेर वर, पिपल, स्वामी,आँप लगायतका विरुवा पनि रोपिएको चिकित्सालयका अध्यक्ष राम प्रसाद भटट्राईले जानकारी दिनुभयो ।

चिकित्साकेन्द्रमा आँपको छुट्टै बगैचा नै स्थापना गरिएको हो ।

 

सम्बन्धित् समाचार